राजनीति

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

Banner

काठमाडौं,साउन १४-

प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।

एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>