चितवन विशेष
चितवनमा करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ
०

चितवन, साउन १४–
पूर्वी चितवनको खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० का १८ वर्षीय विक्रम तामाङ र २६ वर्षीय सहिल विक रहेका छन् । उनीहरुलाई रत्ननगर–११ खगेरी खोलामा बिजुलीको नाङ्गो तारमा हुकिङ गरेर माछा मारिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट हुकिङ गरेको तारसमेत बरामद गरिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>