चितवन विशेष
भरतपुरका १५ बोर्डिङ स्कुल कारबाहीमा: शुल्क बढाउन नपाउने, तलब भने बढाउनुपर्ने बाध्यता
०

चितवन, साउन १४-
भरतपुरका १५ बोर्डिङ स्कुल यस आर्थिक वर्षमा शुल्क बढाउन नपाउने गरी कारबाहीमा परेका छन् ।
भरतपुर महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०७८ अनुसार उनीहरुले समयमै शुल्क प्रस्ताव पेस नगरेकोले बढाएर शुल्क लिन नपाएका हुन् ।
तर, ती स्कुलले नेपाल सरकारले बढाएको तलब अनुसारकै तलब शिक्षक तथा कर्मचारीलाई खुवाउन भने महानगरले निर्देशन दिएको छ । ती विद्यालयहरुमा भरतपुरका बालकुमारी इग्लिस बोडिङ स्कुल, मुनलाइट, सनफ्लावर, सत्यम जेभियर्स, इडन गार्डेन, बाल विद्याश्रम, सोमाङ जीव एकेडेमी, ओमसाई स्कुल, समता शिक्षा निकेतन, बकेना बालबाटिका, पवित्रा बोडिङ, गोल्डेल फ्युचर, शान्ति बोर्डिङ, नोबेल बोर्डिङ, कविलास समुदायिक बोर्डिङ स्कुल रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>