चितवन विशेष

रंगशालाका लागि सहयोग जुट्दैः महानगरका कर्मचारी र जनप्रतिनिधिले दिए ५१ लाख

Banner

चितवन, साउन १२–

भरतपुर महानगरपालिका–१५ स्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आर्थिक सहयोग गरेका छन् ।

आज (आइतबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रु ५१ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । महानगरपालिकाका २९ वटै वडाका कर्मचारी र जनप्रतिनिधिबाट सो रकम संकलन गरिएको थियो ।

सो क्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणका लागि जिल्लावासी हौसिएकोमा खुशी व्यक्त गर्दै रंगशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । सो रंगशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डीपीआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि सम्झौता भएको थियो ।

गत जेठ १५ गते स्थानीय एक समूहले बाटोको विषयलाई लिएर रंगशालाको बार भत्काएपछि ५४ दिनसम्म काम रोकिएको थियो । सबै क्षेत्रबाट रंगशाला निर्माण्मा विवाद आउन नदिने र सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि केहीदिन अघि फाउण्डेशनले पुनः निर्माणको काम अघि बढाएको हो । सोही दिनदेखी चितवनमा रकम संकलन अभियानलाई तिव्रता दिइएको छ भने स्थानीय तहहरुमा सहयोग समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>