चितवन विशेष

चितवनमा दुई युवतीलाई वेश्यावृत्तिमा लगाउने होटल संचालक पक्राउ

Banner

चितवन, साउन १०–

चितवनमा दुई जना युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलमा बास बस्न आएका दुई जना युवतीलाई प्रलोभन देखाइए डर, त्रास र करकाममा पारी वेश्यावृत्तिमा लगाउने होटल संचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ न्यूरोडमा रहेको सिर्जना गेष्ट हाउसका संचालक ३८ वर्षीय प्रेमबहादुर घर्ती रहेका छन् । बागलुङबाट चितवन घुम्न आएका दुई जना युवतीलाई यही साउन ६ गतेदेखी सो होटलमा बास बसेका थिए । सोही दिनदेखी होटल संचालक घर्तीले ग्राहक खोजेर उनीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउँदै आएको प्रहरीले जनाएको छ ।

पीडित युवतीहरुको किटानी जाहेरीको आधारमा होटल संचालक घर्तीलाई विहीबार होटलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका घर्तीलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तरगत मुद्दा दर्ता गरी चितवन अदालतबाट सात दिनको म्यादनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>