मनोरञ्जन

‘हजार जूनीसम्म’को ट्रेलर सार्वजनिक, यस्तो देखियो आर्यनको रुप (भिडियोसहित)

Banner

चितवन, साउन १०–

यही साउन ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकारहरु फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमा दुई गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् ।

कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएता पनि निर्देशक आचार्य भने उपस्थित थिएनन् । पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाहअनुसार उनी भिडभाडमा नदेखिएका हुन् । उनको प्रतिनिधित्वगर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ‘हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने । उनकाअनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ ।

कार्यक्रममा उपस्थित नायक आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ‘हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्मपुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भएपनि प्रस्तुतिका हिसाबले फरक छ ।’ उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए । यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन । गत वर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन ।

यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए । यसै फिल्ममार्फत डेब्यु गर्न लागेका नवकलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दाबाहिर रहेर काम गर्दा छुट्टै अनुभव भएको बताए । ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन । फिल्ममा कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यस चलचित्रको विशाल चाम्लिङ निर्माता हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>