Uncategorized

घरको काम बहुसंख्यक महिलाले नै गर्ने, ७ प्रतिशत पुरुषले मात्र सघाउँछन् :  अध्ययन

Banner

काठमाडौं साउन १०-

आधुनिक युगमा घरको काम महिला र पुरुष दुवैले मिलेर गर्ने भनिएपनि घरायसी काममा महिला नै संलग्न भइरहेको पाइएको छ ।

महिला र पुरुष दुवैले फुलटाइम जागिर खाने गरे पनि महिलाले घरको समेत काम गर्नुपरेको देखिन्छ ।

त्यसो त महिलाले जत्तिकै पुरुषले पनि दुवैजना मिलेर घरको काम गर्नुपर्ने भनी आवाज उठाउने गरेका छन् । यूके हाउसहोल्ड लंगिट्युडिनल स्टडीमा क्रममा पुरुषहरूले यस्तो धारणा राखेका थिए ।

तर घरायसी कामै गर्ने सवालमा चाहिँ पुरुषले घरेलु काम गर्न नचाहेको देखिएको छ । उनीहरूले हप्ताको पाँच घन्टा भन्दा पनि कम काम गरेको पाइएको छ ।

घरको काम बढी गर्ने पुरुषहरूको सन्दर्भमा महिलाले जागिर खाने गरेको अनि पुरुष चाहिँ घरमा बस्ने गरेको पाइयो । तर ७ प्रतिशत जोडीमा मात्र यस्तो भेटियो ।

युनिभर्सिटी कलेज लन्डनले गराएको अध्ययनकी नेतृत्वकर्ता प्राध्यापक यान मकमनले भनिन्, ‘यी परिणामहरू महत्त्वपूर्ण छन् किनकि महिलाले पैसा नलिइकन घरको काम गर्नुपर्छ र जागिरको कामका अतिरिक्त उनीहरूका लागि यो थप बोझ हो । महिलालाई तल पार्नका लागि पुरुषले जानीजानी घरको काममा लगाएको भने हैन । तर अहिले पनि घरको केही काम आइलाग्यो भने महिलाले नै त्यो काम गर्ने गरेका छन् ।’

यो अध्ययन निष्कर्ष वर्क, इम्प्लोयमेन्ट यान्ड सोसाइटीमा प्रकाशित भएको छ ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>