कर्पोरेट

सांग्रिला डेभलपमेन्ट बैँकको नयाँ शाखा दार्चुलामा

Banner

चितवन, साउन ९-

सांग्रिला डेभलपमेन्ट बैँकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन गरेको छ ।

महाकाली नगरपालिका–४ खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुनाले आज संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

समाजसेवी तथा वरिष्ठ चाटर्ड एकाउटेन्ट भाष्करसिंह लालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो । हाल यस बैँकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप पाँच शाखा उद्घाटन हुने क्रममा रहेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा सुविधाको थालनी गरेको बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैँकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>