चितवन विशेष

वल्र्डलिंकको ‘अब हरेक टिभी बन्छ स्मार्ट’ अफर

Banner

चितवन, साउन ८–

नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ‘हरेक टिभीमा युट्युव’ अफर ल्याएको छ । हरेक टिभीलाई स्मार्ट बनाउने गरी वल्र्डलिंकले यस्तो अफर ल्याएको हो ।

मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि ग्राहकको चाहनालाई ध्यानमा राख्दै नयाँ प्रोडक्ट अफर कम्पनिले ल्याएको हो ।

वल्र्डलिंकले नेटटिभीका ग्राहकहरुका लागि स्मार्ट टिभीमा मात्र नभई नन स्मार्ट, सिआरटि टिभीमा पनि युट्युव उपलब्ध गराएको जनाएको छ । यो अफर चितवनसहित देशभरनै लागू भइसकेको वल्र्डलिंक चितवनका प्रमुख सुरेन्द्र चौधरीले जानकारी दिए । उनले चितवनका ग्राहकहरुलाई यो अफर सदुपयोग गर्न आग्रह गरे । उनले कम्पनिले ल्याएको यो अफर नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि भएको बताए ।

चितवन प्रमुख चौधरीले पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखामा गइ साटेर प्रिमियम सेवाको सुविधा समेत लिन सक्ने जानकारी दिए ।

वल्र्डलिंकले संचालनमा ल्याएको नेट टिभीले आफ्ना ग्राहक वर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरु संचालन गदै आईरहेको छ । अब टिभी च्यानल कन्टेन्टमात्र नभई आपूलाई मनपर्ने कन्टेन्टहरु पनि कुनै बाधा र झन्झट बिनानै यूट्युबमार्फत हेर्न सक्ने गरि संचालनमा ल्याईएको कम्पनिले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>