देश/प्रदेश

सप्तरीमा चट्याङ लागेर तीनको ज्यान गयो

Banner

सप्तरी, साउन ७–

मेघगर्जनसँगै आज परेको चट्याङले तीन जनाको मृत्यु भएको छ । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बस्ने १५ वर्षीया पुनम यादव, सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने ६० वर्षीय बौकु भनिने हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका–११ बस्ने ४५ वर्षीया शिवसतीदेवी पण्डितको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

खेतमा हलो जोतिरहेका बेला चौधरी, खेतमा धान रोपाइँ गरिरहेका परिवारका सदस्यहरूलाई खाना पु¥याइ घर फर्किरहेका बेला पण्डित र खेतमा बीउ उखालिरहेका बेला यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि चौधरीको शव लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा तथा पण्डित र यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>