प्रवास
पोर्तुगलमा तीज विशेष कार्यक्रम हुने
०

पुनम गौतम
पोर्तुगल, साउन ७–
लामो समयदेखि स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको नेपाली नारी समाज पोर्तुगलले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । गत वर्ष जस्तै यसवर्ष पनि समाजले सहभागीताको लागि सम्पूर्णमा अनुरोध गरेको समाजकी अध्यक्ष जयकला राइले जानकारी दिइन् । समाजले १ सेप्टेम्बर अर्थात भदौ १५ गते आइतबार पोर्तुगलको राजधानी लिस्बनस्थित मार्टेमुनिज पार्कमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
सो दिन अन्य संघ संस्थाहरुलाइ कार्यक्रम नराख्न समाजकी सस्थापक अध्यक्ष सीता बरालले अनुरोध गरेकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>