अर्थ

तारापुञ्ज सहकारीको सेवा केन्द्र शुक्रनगरको सोसी बजारमा

Banner

चितवन, साउन ७-

भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारीले आफ्नो पहिलो शाखाको रुपमा शुक्रनगरमा सेवा केन्द विस्तार गरेको छ ।

सहकारीले भरतपुर महानगरपालिका–२५ शुक्रनगर सोसी बजारमा सेवा केन्द्र विस्तार गरेको हो । सेवा केन्द्रको प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्री दाबादोर्जे लामाले उदघाटन गरेका हुन् । कार्यक्रममा मन्त्री लामाले स्थानीयस्तरमा काम गरिरहेका सहकारीहरुले स्थानीयबासीहरुको जीवनस्तर उकास्ने खालका काम सञ्चालन गर्न र कृषिको क्षेत्रलाई फराकिलो बनाउँदै आयआर्जनका काममा टेवा पु¥याउन पर्ने बताए ।

मन्त्री लामाले देशको अर्थतन्त्रमा सहकारी संस्थाले पु¥याएको टेवाको सरहाना गर्दे विपन्न र गरिबहरुको सहयोगी संस्थाका रुपमा अगाडि बढनुपर्ने बताए । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद कृष्ण भुर्तेलले वित्तीय क्षेत्रको सुधारका लागि सहकारी संस्थाहरु गाभिन आबश्यक भएको र सानो पूँजीलाई घर दैलोमा पु¥याएर सेवा दिनुपर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका–२५का वडा अध्यक्ष विजय भुजेलले वित्तीय संस्थाको अभावमा सेवा केन्द्र अब स्थानीयको दुःखको सारथी बन्ने बताए । सोही कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक हरिप्रसाद गैरे, सामाजिक अगुवा केशव देवकोटा, जिल्ला तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदी, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा सहकारी संस्थामा हाल पश्चिम चितवन क्षेत्रबाट २०० शेयर सदस्य रहेको तथा संस्थामा जम्मा एक हजार २०० शेयर सदस्य र करिब ३५ करोड पूँजी रहेको सहकारी संस्थाका व्यवस्थापक कृष्ण शर्मा बस्तीले जानकारी दिए । संस्थाका अध्यक्ष सुदीप रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसचिव चन्द्रकला लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>