चितवन विशेष

भण्डारामा काँग्रेसको खुल्ला रक्तदान

Banner

चितवन, साउन ७–

नेपाली काँग्रेस राप्ती नगर समितिले आज (मंगलबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (वीपी)को ३७ औं स्मृति दिवसको अवसरमा भण्डारामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले रक्तदान गरी समुद्घाटन गरेका थिए । सो कार्यक्रममा १० महिलासहित १०७ जनाले रक्तदान गरेका छन् ।

काँग्रेस राप्ती नगर सभापति नारायण उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, नेता राजेन्द्र बुर्लाकोटी, राजु सिलवाल, कुमार कार्की, काँग्रेस जिल्ला प्रवक्ता निता ढकाललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>