नवलपरासी

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले गरे हजयात्रीको विदाई

Banner

परासी, साउन ७–

पश्चिम नवलपरासीबाट हज यात्रामा जान लागेको १६ जना मुस्लिम श्रद्धालुहरुलाई पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ताले विदाई तथा सम्मान गरेका छन् ।

गाउँपालिकाको सहयोगमा जामिया ईमाम अहमद रजा पाल्हीनन्दन–५ आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष गुप्ताले हाजीहरुलाई विदाई गर्दै गाउँपालिकासहित मुलुकको समृद्धिका लागि कामना गर्न आग्रह समेत गरे ।

पाल्हीनन्दन गाउँपालिकाले सबैधर्म जात र वर्गको समृद्धि हुने गरि काम गरि रहेको उल्लेख गर्दै उनले मदरसा शिक्षालाई व्यवस्थित गर्दै जाने बताए । मुस्लिम समुदायको बाहुल्याता रहेको उक्त गाउँपालिकाबाट नै यस वर्ष अधिकांश तीर्थयात्री रहेका छन् ।

अध्यक्ष गुप्ताले जिल्लामै नमूना काम गर्दै आएको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ । मुस्लिम हज यात्रीलाई पनि गाउँपालिकाको तर्फबाट विदाई तथा सम्मान गरेकोमा मुस्लिम धर्मगुरुहरुले उनको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी, प्रदेश सदस्य घनश्याम यादव, जिल्ला सदस्य बुद्धन अलिलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>