चितवन विशेष
ग्रीनल्याण्ड स्कूलमा एक हप्ते गुडिया र कुशन बनाउने तालिम
चितवन,साउन ६-
ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर–१२ मा एक हप्ते गुडिया र कुशन बनाउने तालिम सुरु भएको छ । मिसेस चितवन २०१९ की थर्ड रनर अप प्रतिक्षा पन्तको संयोजनमा गुडिया र कुशनमा दक्षता विकास प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमको भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाह प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उप-प्रमुख शाहले यस्ता कार्यक्रमले घरमा बस्ने गृहणिहरुलाई धेरै फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कूलका प्राचार्य इन्दिरा कार्की, मिसेस चितवन २०१९ का दुर्गा घिमिरे र मिना झा , मिसेस चितवन जमुना श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो। सोही कार्यक्रममा ग्रीनल्याण्ड स्कूलका सह-प्राचार्य उपेन्द्र आर्चाय , मञ्जुश्री असहाय संरक्षण केन्द्रकी प्रमुख मन्जु खाँड , नेक्टट्रम भिजा सर्भिसेजका प्रबन्ध निर्देशक समीर पौडेल , मिसेस चितवन सेकेण्ड रनर अप सजना अधिकारी ,संचारकर्मी करिश्मा थापा लगायतको सहभागिता रहेको थियो ।
३४ जना प्रशिक्षार्थी रहको तालिममा मिसेस चितवनकी प्रतियोगी प्रतिक्षा बराली प्रशिक्षक रहनुभएको छ । कार्यक्रममा मिसेस चितवन फस्ट रनर अप प्रभा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचारकर्मी मनोज पन्तले संचालन गर्नुभएको थियो ।