चितवन विशेष

चितवनमा नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीनजना पक्राउ

Banner

चितवन, साउन ६–

चितवन प्रहरीले विभिन्न प्रलोभन देखाई नेटवर्किङ व्यवसायको नाममा ठगी तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले एल.टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रालि काठमाडौंका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ निवासी ३७ वर्षीय सुमन भन्ने जहरमान घिसिङ र सोही संस्थाका सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डि.वि भन्ने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ बस्ने ४३ वर्षीया पार्वती केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइलाले जानकारी दिए । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा चितवनका सर्वसाधरणलाई झुक्याउने काम गर्दै आएको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कोइराले बताए ।

पीडित भएका व्यक्तिहरुबाट ठगी सम्बन्धि जाहेरी परेकाले पक्राउ परेका तीनैजना उपर ठगी मुद्दाको प्रकृया अगाडी बढाई जिल्ला अदालत चितवनबाट अनुसन्धानका लागि म्याद थप गरिएको प्रवक्ता कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>