चितवन विशेष

कतारको जेलमा रहेका चितवनका युवा छुटाउन झण्डै ८२ लाख रुपैयाँ संकलन

Banner

सुवास लामिछाने

माडी, साउन ६-

कतारको ओक्रा जेलमा रहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउन आवश्यक रकम संकलन भएको छ ।

आज समितिको बैठकमा विनोद रानाभाट उद्धार समितिका संयोजक कृष्णबहादुर रानाभाटले विनोदलाई दुई लाख ६० हजार रियाल ब्लड मनी अर्थात् झण्डै ८२ लाख नेपाली रुपैयाँ तिरेर स्वदेश फर्काउनका लागि सबै लागिपरेको बताए । उनले रानाभाटको रिहाइका लागि करिब दुई लाख रुपैंयाँ रियाल आवश्यक पर्ने सो रकम लगभग संकलन भइसकेको जानकारी दिए ।

आज माडीमा भएको छलफलमा संकलन भएको रकम एक साताभित्र विनोद रानाभाट उद्धार समितिको कृषि विकास बैंक लिमिटेड  ०५००१३३७०९४०१३ नम्बरको खातामा जम्मा गर्न समेत समितिले आग्रह गरेको छ । सहयोग संकलनका लागि आजदेखि सहयोग नमाग्नसमेत समितिले आग्रह गरेको अभियानका उपाध्यक्ष अर्जुन भुसालले जानकारी दिए । स्वदेश र प्रवासमा सञ्चालित सहयोग संकलन अभियान अन्त्य गर्न उपाध्यक्ष भुसालले आग्रह गरेका छन् । विनोद रानाभाटलाई एउटै कम्पनीमा कार्यरत भारतीय कामदारले आक्रमण गरेकोमा प्रतिकार गर्दा भारतीय कामदारको मृत्यु हुन पुगेको थियो ।

घटना लगत्तै कतार पुलिसले पक्राउ गरी मुद्दा चलाएकोमा मृतकको परिवारलाई ब्लड मनीका रुपमा दुई लाख ६० हजार कतारी रियल अर्थात करिब ८२ लाख नेपाली रुपैंयाँ बुझाउनुपर्ने आदेश भएको थियो । यसैबीच संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीहरुले दुई लाख ७६ हजार ८ सय २० रुपैयाँ अभियानका संयोजक कृष्ण बहादुर रानाभाटलाई हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>