मनोरञ्जन

प्रितम र आयुषले भेटे प्रधानमन्त्रीलाई

Banner

काठमाडौं साउन ६-

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका प्रितम आचार्य र चौथो आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरुले प्रधानमन्त्रीलाई रियालटी शो अनुभव समेत सुनाएका थिए ।

राष्ट्रियसभाकी सांसद कोमल ओली, चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसी लगायतको एक टोलीसहित करिव दिनको ११ बजे बालुवाटार पुगेको प्रितम र आयुषले प्रधानमन्त्री ओलीसँग करिब एकघन्टा विताएका थिए ।

भेटमा प्रधानमन्त्रीले बालगायकद्वयलाई राम्रोसँग पढ्न र राष्ट्रको लागि केही गर्न सुझाएको टोलीमा सहभागी कलाकार तथा निर्देशक दिनेश डिसीले जानकारी दिए । भेटमा प्रितमले ‘जहाँ छन् बुद्धका आँखा’ गीत प्रधानमन्त्रीलाई सुनाएका थिए भने आयुषले ‘आफ्नै घर ढलेको छ’ बोलको गीत गाएका थिए । प्रितम र आयुषले गीत गाउँदा प्रधानमन्त्री ओलीले निकै चाख लिएर सुनेका थिए ।

भेटपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वकीय सचिवको साथमा भाटभटेनी सुपर मार्केटमा लगेर प्रितम र आयुषलाई सपिङ समेत गराएको प्रितमका संगीत गुरु राजु केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>