चितवन विशेष
कपरखोरी माविको भिडियो प्रकरणबारे विद्यालयको खण्डन
चितवन, असार ५ –
रत्ननगर नगरपालिका–९ टिकौलीमा रहेको कपरफोरी माविमा असार ३१ गते भएको घटनाबारेमा विभिन्न मिडियामा प्रसारित भिडियो र समाचारबारेमा विद्यालयले भत्र्सना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन आचार्य र विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सहायक प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल र कार्यालय सहयोगी गोपालप्रसाद रिमालले आज जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा सो घटनाको खण्डन गरिएको छ । विद्यालयमा रहेका निर्माण सामग्रीको सुरक्षाको लागि विद्यालयमा सुतिरहेको अवस्थामा उच्छृङ्खल व्यक्तिहरुले बाहिरबाट बियर र रक्सीका बोत्तलहरु कोठामा लगेर फोटो खिचेर प्रहरीलाई बोलाएर बदनाम गर्न खोजिएको भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विद्यालयको विकास र सुधारका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र सम्पूर्ण शिक्षकहरुलाई एक मन भएर एकताको साथ झुटको पछि नलाग्न अनुरोध पनि गरिएको छ ।