खैरहनी

खैरहनी नगरपालिकाले बाड्यो पाँच लाखको फलफूलका विरुवा

Banner

चितवन, साउन ५-

चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बराबरको फलफूलका विरुवा वितरण गरेको छ ।

गत आर्थिक वर्षमा विभिन्न प्रजातिको आँप, लिच्ची, रुख कटहर र कागतीका विरुवा वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए । गत वर्ष व्यक्तिगतरुपमा धेरै विरुवा वितरण भए पनि यस पटक भने संस्थाहरुले बढी विरुवा लगेका छन् । कृषि शाखा प्रमुख घिमिरेका अनुसार आँप पाँच हजार १०० बोट, लिच्ची दुई हजार बोट, कटहर ६०० बोट र कागती दुई हजार ६०० बोट वितरण गरिएको हो ।

संस्थाहरुलाई निःशुल्क र व्यक्तिगत रुपमा आएकालाई अम्रपाली आँप प्रतिबोट १५ रुपैयाँ, अन्य आँप ९ रुपैयाँ, लिच्ची आठ रुपैयाँ, कागती सात रुपैयाँ र कटहर पाँच रुपैयाँका दरले वितरण गरिएको थियो । खैरहनीका मेयर लालमणि चौधरीले बाहिरबाट आयात हुने फलफूललाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्य र स्थानीयको आयआर्जन गराउन विरुवा वितरण गरिएको बताए । उनका अनुसार यस पटक केही सार्वजनिक जग्गामा फलफूलका विरुवा रोपिएको छ । खैरहनी–१ स्थित राजमार्गको दायाँबायाँलगायत वडा नम्बर २, वडा नम्बर ४ , वडा नम्बर ६ लगायतका सार्वजनिक जग्गामा समेत फलफूल लगाइएको छ । वितरित विरुवाको रेखदेख गरी फल उत्पादन हुने सम्मको बनाउन नगरपालिकाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>