चितवन विशेष

चितवन अदालतः मुद्दा बढ्दै, फर्छयौट घट्दै

Banner

चितवन, साउन ३–

चितवन जिल्ला अदालतमा पछिल्लो वर्ष मुद्दाको चाप बढ्दै गइरहेको छ । मुद्दाको चाप बढेसंगै मुद्दाको फर्छयौट पनि सोही गतिमा अघि बढ्नु पर्ने हो । तर मुद्दाको फर्छयौट बढ्नुको साटो झनै घट्दै गएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा चितवन जिल्ला अदालतमा ६० प्रतिशत मात्रै मुद्दा फर्छयौट भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा यसअघिको भन्दा ९ प्रतिशत मुद्दा कम फर्छयौट भएको जानकारी दिएको हो । २०७४/७५ मा ६९.६५ प्रतिशत मुद्दा फर्छयौट भएको थियो । तर मुद्दाको संख्या भने बढेको छ । २०७५/७६ मा तीन हजार ९ सय २१ मुद्दा दर्ता भएको थियो । तर २०७४/७५ मा भने तीन हजार पाँच सय २६ मात्रै मुद्दा दर्ता भएको थियो ।

पछिल्लो तीन वर्षमा मुद्दा फर्छयौटको प्रतिशत घट्दो छ । २०७०/७१ मा ६० प्रतिशत मुद्दा फर्छयौट भएको थियो भने त्यो बढेर २०७२/७३ मा ७५.७८ प्रतिशत पुगेको थियो । २०७३/७४ मा ७३.०४ प्रतिशत हुँदै फर्छयौटको प्रतिशत घट्दै गएको हो ।

जिल्ला न्यायधिश विनोदकुमार गौतमले मुद्दाको चाप बढ्नु र परिवर्तित नियम कानुनले गर्दा मुद्दा फर्छयौटमा कमी आएको बताए । उनले यस वर्ष मुद्दाको फर्छयौटलाई बढाउने गरी कार्य गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>