चितवन विशेष

तीन सय बढीले गरे प्रोफेसनलको शैक्षिक मेला अवलोकन

Banner

चितवन, साउन २–

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी नारायणगढले बिहीबार भरतपुरमा शैक्षिक मेला सम्पन्न गरेको छ ।

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श दिने उद्देश्यले भरतपुरमा आयोजना गरिएको मेलामा विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । वीरेन्द्र क्याम्पस अगाडि रहेको भरतपुर गार्डेन रिसोर्टमा भएको मेलामा तीन सय भन्दा बढीले सहभागिता जनाएको प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी नारायणगढ चितवनका निर्देशक सन्तोष खनालले जानकारी दिए ।
मेला बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म चलेको थियो । मेलामा विद्यार्थीहरुलाई अष्ट्रेलिया जाँदा आवश्यक पर्ने बैंक प्रोससेको बारेमा सिद्धार्थ बैंकले जानकारी गराएको थियो ।

प्रोफसनलले प्राय वर्षको दुई पटक अष्ट्रेलियन हाईयर एजुकेशन फेयर गर्दै आइरहेको छ । यस पटकको मेला विगतको भन्दा फरक खालको थियो । यो पटक १८ युनिभर्सिटी प्रतिनिधिहरु सहभागी रहेको थियो । मेलामा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, करट्रिन युनिभर्सिटी, इडिथ काउन युनिभर्सिटी, इडुको साउदन क्रस युनिभर्सिटी, आइसीएमएस, लाट्रोब युनिभर्सिटी, मेक्यूरी युनिभर्सिटी, नाबिटास, साउदन क्रस युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू इग्ल्यान्ड, युनिभर्सिटी अफ साउदन अष्ट्रेलिया, युनिभर्सिटी अफ साउदन क्विन्सल्याण्डसहित १८ वटा युनिभर्सिटीको सहभागिता रहनेछ ।

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षामा विदेश जान चाहनेलाई परामर्स दिनेमध्ये भरपर्दो संस्था मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>