अन्तर्राष्ट्रिय

जापानमा एनिमेसन स्टुडियोमा आगजनी : २४ जनाको मृत्यु

Banner

टोकियो, साउन २–

जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।

सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ । यस आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

सो आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूइँ तला र पहिलो तलामा १२ जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको र उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको अग्नि नियन्त्रण विभागमा अधिकारीहरुले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

सो आगजनीमा मारिएका प्रायः व्यक्ति सो कम्पनीमा कार्यरत रहेका बताइएको छ । यद्यपी यसमा घटनामा मारिएका व्यक्तिको औपचारिक पुष्टि भने भएको छैन ।

दोस्रो तलामा रहेका व्यक्तिहरु पनि भाग्न असफल भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको छ । कम्पनीमा करिब ७० जना कार्यरत रहेको बताइएको छ ।

प्रहरीले एक शंकास्पद अधवैंशे व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनको स्थानीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

ती व्यक्तिले पेट्रोलजस्तो देखिने तरल पदार्थ लिएर भवनभित्र प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ । उनले नै भवनको तल्लो तलामा पेट्रोल छर्केर आगो लगाएको आशंका प्रहरीले गरेको छ । रासस/ एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>