चितवन विशेष

सिजी कम्प्लेक्सको पपुलर युनिसेक्स शैलुनमा निःशुल्क मेहेन्दी

Banner

चितवन,साउन २-

भरतपुरमा औपचारिक सञ्चालनको तयारीमा रहेको पपुलर युनिसेक्स शैलुनले ग्राहकहरुलाई निःशुल्क मेहेन्दी लगाएको छ । साउन १ गतेदेखि पाँच गतेसम्म निःशुल्क मेहेन्दी लगाइएको सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । उनले साउन महिनालाई लक्षित गरेर निःशुल्क मेहेन्दी लगाइएको बताए ।

पहिलो दिनमात्रै ५२ जनाले मेहेन्दी लगाएको सिग्देलले जानकारी दिए । भरतपुरको चौविसकोठीमा पपुलर युनिसेक्स शैलुन सञ्चालनको सफलता संगै सिजी महलमा दोस्रो सोरुम सञ्चालनमा ल्याइएको हो । पपुलर युनिसेक्स शैलुनको औपचारिक शुभारम्भ यही ६ गते हुँदैछ । आधुनिक र व्यवस्थित शैलुनमा हेयर कटिङ्ग,सेभिङ्ग,थ्रेडिङ,फेसियल,स्टेट,डेडलक,मेनिकेयर,पेडिकेयर लगाएतका पार्लर सम्बन्धी लेडिज तथा जेन्सको सम्पूर्ण काम गरिने सिग्देलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>