चितवन विशेष
चितवनको एक विद्यालयमै जाँडपाटी, प्रधानाध्यापक कट्टेलसहित पाँच जना समातिए
चितवन, साउन १–
विद्यालय शिक्षा दिने पवित्र थलो । तर चितवनको एक विद्यालय जाँडपाटी गर्दै रमाउलो गर्ने थलो बनेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९, स्थित कपरखोरी माध्यमिक विद्यालय त्यस्तै रमाइलो गर्ने थलो बनेको छ । विद्यालयमै जाँडपार्टी गरेपछि सोही विद्यालयका प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले विद्यालयको नयाँ बन्दै गरेको भवन भित्रै जाँडपाटी गरेपछि उनीहरुलाई पक्राउ गरिएको नारायणी अनलाईनलाई जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेका छन् ।
स्रोतका अनुसार असार मसान्तको सबै हरहिसाब फछ्र्यौटपछि उनीहरु जाँडपार्टी गर्दै रमाइलो गरेका हुन् । साँझको समयमा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई जाँडमै रमाइरहेको बेलामै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ ।