चितवन विशेष

शारदा स्मृति पुरस्कार राजेन्द्र घायललाई

Banner

चितवन, असार ३१-

शारदा श्रेष्ठ स्मृति पुरस्कारबाट चितवनका राजेन्द्र घायल सम्मानित भएका छन् ।

सशस्त्रद्वन्द्वका क्रममा २०६१ सालमा सहादत प्राप्त गरेकी तत्कालिन माओवादीका चितवन जिल्ला इन्चार्ज शारदा श्रेष्ठको स्मृतिमा शरदा स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना साहित्यकारलाई सम्मान गर्दछ ।  ३० हजार नगद राशीसहित प्रमाणपत्र मार्फत् भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रत्ननगरपालिका निवासी राजेन्द्र घायललाई सम्मान गरेकी हुन् । यस्तै प्रतिष्ठानले मंगलबार नै डिल्लीराम घनसरा प्रतिभा पुरस्कार–२०७६ बाट विदुर अधिकारीलाई सम्मान गरेको हो ।

तत्कालिन सशस्त्रद्धन्द्धका बेला आम जनमानसमा धुलमिल हुन सक्ने तथा बहुप्रतिभा रहेकी शारदा श्रेष्ठलाई मंगलबार उनका समकक्षीका रुपमा रहेका प्रदेश ३ का सांसद धनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले स्मरण सुनाएका थिए । पार्टीको काममा गण्डकी प्रदेश गएकी शरदालाई तनहुँमा हत्या गरिएको थियो । पुरस्कार वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर पन्तको अध्यक्षता भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>