चितवन विशेष
चितवनको अधिकांश खानेपानी गुणस्तरहिन : भरतपुरको खानेपानीमा कोलिफर्म, ६० प्रतिशत अशुद्ध
निशा श्रेष्ठ
चितवन, असार २१-
जिल्ला स्वास्थ्य कार्यालय चितवनले विगत तीन वर्षदेखि गरेको अनुसन्धान प्रतिवेदनअनुसार चितवनको खानेपानी गुणस्तरहिन र दयनीय देखिएको छ ।
आज भरतपुरमा भएको चितवनका २१ वटा खानेपानी आयोजनाहरुको गुणस्तर परीक्षण प्रतिवेदनमा चितवनमा ६० प्रतिशत पानी गुणस्तरहिन अशुद्ध रहेको पाइएको छ । प्रतिवेदन प्रस्तुत गर्दै जनस्वास्थ्य कार्यालय चितवनका जनस्वाथ्य अधिकृत अनुप अधिकारीले आर्थिक वर्ष २०७४\७५का १३ वटा खानेपानी आयोजना मध्ये ८ वटा खानेपानी आयोजनामा खानेपानी अशुद्ध देखिएका छन् तथा केहीमा गुणस्तर कायम गरिएको उनले बताए । त्यस्तै २०७५\७६ मा आठ वटा खानेपानी आयोजनाको गुणस्तर परीक्षणमा पर्सा खनोपानी आयोजना, पिप्ले खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना गुणस्तरयुतm रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै अरु पाँच वटा आयोजना – छरछरे खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना, कुसुमखोला चैनपुर, पटिहानी खानेपानी आयोजना , ठूलो खोल्चा खैरहनी) मा अस्वस्थ खानेपानी रहेको प्रतिवेदनमा बताइएको छ ।
यस्तै जनस्वाथ्य अधिकृत अधिकारीले २१ खानेपानी १२ खानेपानी आयोजनामा विभिन्न समस्याहरु देखिएको बताए । उनले भरतपुरको खानेपानीमा कोलिफर्म देखिएको छ । मुग्लिन, कुरिनटार पनि कोलिफर्म देखिएको छ । त्यस्तै भरतपुरको जगतपुर शुक्रनगर, पिठुवा, भण्डारामा पनि कोलिफर्म देखिएको छ । यसरी धेरैजसो खानेपानी आयोजनामा कोलिफर्म (दिसामा पाइने किटाणु ) पाइने गरेको बताए ।
त्यस्तै केहीमा चुनढुङ्गा पाइप फुट्ने जस्ता समस्या रहेको अधिकारीले बताए । त्यस्तै मेधौली खानेपानी आयोजना पानी वैज्ञानिक शुद्धिकरण गरिएकाले चितवनको न १ गुणस्तरयुतm आयोजना रहेको बताए । यसरी गुणस्तर कायम गर्नका लागि आवष्यक मात्रामा क्लोरिनको प्रयोग र महानगरपालिकाले पनि आफ्नो क्षेत्रको खानेपानी शुद्ध गर्न सहयोग गर्नुपर्ने आवष्यक देखिएको छ ।