चितवन विशेष
चितवनमा प्रोफेसनल एजुकेसनको अष्ट्रेलियन शैक्षिक मेला हुने
चितवन, असार ३०–
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको अग्रणी परामर्श दातृ संस्था प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी नारायणगढको आयोजनामा चितवनको भरतपुरमा शैक्षिक मेला हुने भएको छ ।
अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श दिने उद्देश्यले मेलाको आयोजना हुन लागेको हो । यही जुलाई १८ तारिक अर्थात् साउन २ गते बिहीबार मेला आयोजना हुन लागेको हो । भरतपुर वीरेन्द्र क्याम्पस अगाडि रहेको भरतपुर गार्डेन रिसोर्टमा हुने मेला बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी नारायणगढ चितवनका निर्देशक सन्तोष खनालले जानकारी दिए ।
प्रोफसनलले प्राय वर्षको दुई पटक अष्ट्रेलियन हाईयर एजुकेशन फेयर गर्दै आइरहेको छ । यस पटकको मेला विगतको भन्दा फरक खालको हुने खनालले बताए । यो पटक १२ भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् । युनिभर्सिटीका प्रतिनिधिहरुसँग आफै विद्यार्थीहरुले प्रत्यक्षरुपमा त्यहाँ अध्ययन गर्ने विषय, लाग्ने शुल्क, वातावरणको अवस्था, बसाई खर्चलगायतका सम्पूर्ण विषयमा जानकारी लिन सक्नेछन् निर्देशक खनालले बताए ।
मेलामा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, करट्रिन युनिभर्सिटी, इडिथ काउन युनिभर्सिटी, इडुको साउदन क्रस युनिभर्सिटी, आइसीएमएस, लाट्रोब युनिभर्सिटी, मेक्यूरी युनिभर्सिटी, नाबिटास, साउदन क्रस युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू इग्ल्यान्ड, युनिभर्सिटी अफ साउदन अष्ट्रेलिया, युनिभर्सिटी अफ साउदन क्विन्सल्याण्डसहित १८ वटा युनिभर्सिटीको सहभागिता रहनेछ ।
मेलामा विशेषगरि कक्षा १२ उत्तीर्ण विद्यार्थीको विशेष आकर्षण रहने आयोजकको विश्वास छ । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी उच्च शिक्षामा विदेश जान चाहनेलाई परामर्स दिनेमध्य भरपर्दो संस्था मानिन्छ ।