खैरहनी

खैरहनी नगरपालिकाको सार्वजनिक सुनुवाइ

Banner

चितवन, असार ३०-

खैरहनी नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ आज भएको छ ।

प्रफेक्ट मिडिया सोलुसन प्रालिको समन्वयमा खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा नगरवासीले सहजरुपमा सूचना प्रवाह हुनुपर्ने, मुख्य बाटोमा नगरस्तरीय बजेटबाट पिच गर्नु पर्ने, नक्सामा भएका कुलोहरु खोल्नु पर्ने, ऐलानी जग्गा संरक्षण गरि वृक्षारोपण गर्नुपर्नेलगायत विषयमा नगरपालिकाले ध्यान दिनु पर्ने बताए । खैरहनी ५ का लक्ष्मण सुवेदीले पिच हुन नसक्ने ६ मिटर भन्दा कम रहेका बाटोमा उच्चस्तरीय ग्रावेल गर्नुपर्ने , दिवा खाजा कार्यक्रमलाई सबै स्थानमा विस्तार गर्नु पर्ने, विद्यालयलाई दिइने अनुदानमा विचार गर्नुपर्ने माग गरे ।

खैरहनीकी उपप्रमुख सुनिता खरेल थपलियाले नगरवासीको चाहना अनुसार नगरपालिकाले काम गर्दै गएको उल्लेख गर्दै कमीकमजोरीलाई सच्चाउने प्रतिबद्धता जनाइन् । सेवा प्रदायक संस्था प्रफेक्ट मिडिया सोलुसनका सञ्चालक विकास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सिना, प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले नगरवासीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>