राजनीति
एउटै सञ्चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ : मन्त्री बाँस्कोटा
काठमाडौँ असार ३०
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताएका छन्।
सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘एउटै सञ्चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ।यसले मिडियामा असन्तुलन ल्याउँछ।’
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाए। उनले भने,’नेपाली सञ्चार माध्यममा विदेशी लगानी भित्र्याउन दिदैनौ।यसले हिंसा र आतंकवादी क्रियापलापलाइ प्रश्रय दिने सम्भावना धेरै हुन्छ।’
उनले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए।केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ।
मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कार्वाही हुने पनि बताए।उनले सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।