चितवन विशेष

राष्ट्रिय सभाका अध्यक्षद्धारा मन्त्री लामाको घरमै पुगेर समवेदना व्यक्त

Banner

चितवन,असार ३०-

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पत्नी शोकमा रहनुभएका प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई घरमै पुगेर भेट गर्नुभएको छ । मन्त्री लामाकी श्रीमती कान्छीमाया लामाको असार २१ गते हेटौंडामा निधन भएको थियो ।

उहाँले मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले कान्छीमाया लामाको अल्पायुमै निधनको खबरले मर्माहत र स्तब्ध तुल्याएको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मन्त्री लामाका परिवारलाई हस्तान्तरण गर्नुभयो । प्रधानन्मत्रीको शोक वक्तव्यमा भनिएको छ, ‘मृतकप्रति हार्दिक श्रद्धान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>