देश/प्रदेश

इलाम दरबारमा अरनिको सङ्ग्रहालय

Banner

फिक्कल, असार ३०–

आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको उद्घाटन गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त सङ्ग्रहालय रहेको थियो । जङ्गबहादुर राणाका ज्वाइँ तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९१९ मा इलाम दरबार निर्माण गरेका थिए।

कार्यक्रममा इतिहासका जानकार युद्धप्रसाद वैद्यद्वारा लिखित इलामः इतिहास र विकास नामक पुस्तक विमोचन गरियो । यस्तै कार्यक्रममा प्राज्ञ कोमल निरौलाको गीति एल्बम विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यिक श्रष्टाले रामायण वाचनका साथै कविता सुनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>