मनोरञ्जन

सञ्चारकर्मी अधिकारीको तीजको नयाँ गीत आउँदै

Banner

काठमाडौं, असार २८

गत वर्षको तीजमा सन्देशमूलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तीजमा छम छम नाच्न आउने भएकी छन् ।
गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचांै सङ्गी हो…’को भिडियो छायांकन गरिएको छ । योगेश काजीको संगीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायांकन गरिएको हो ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायांकन गरेका छन् । गीतको भिडियोमा नायिका पूजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।
‘हामीले गत वर्ष सन्देशमूलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् । ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नी’ नायिका पुजनाले भनिन् । ‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौ’ भन्दै गायिका सारिका घिमिरेले यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन । ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । ड्रेस शिव कैलास कला मन्दिर, मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>