क्रिकेट

टि–ट्वान्टी सिरिजः नेपालद्धारा मलेसिया सात विकेटले पराजित, पारसको अर्धशतक

Banner

काठमाडौं, असार २८–

दुई टि–ट्वान्टी ऋंखलाको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई साता विकेटले पराजित गरेको छ । जितसंगै नेपाल दुइ खेलको ऋंखलामा १–० को अग्रता बनाएको छ ।

मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा तीन विकेट गुमाउँदै १२९ रन बनाउँदै जित हासिल गर्‍यो । नेपालका फिनिसर शरद भेषवाकरले छक्का प्रहार गर्दै नेपाललाई जिताए । उनी १६ रनमा नटआउट रहे । यस्तै आजको खेल जित्नमा कप्तान पारस खड्काको भूमिका महत्वपूर्ण रह्यो । कप्तान खड्काले ८६ रनको अविजित अर्धशतकिय पारी खेले । ५० बल खेलेका पारसले ८ चौका र ५ छक्का प्रहार गरे । यस्तै ओपनर प्रदीप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।

ओपनिङमा ऐरी र खड्काको जोडी आज पनि जम्न सकेन । नेपालले आज २९ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ऐरी आउट भएका थिए । नेपालको पारी एकोहोरो रुपमा कप्तान खड्काले उकासेका थिए ।

मलेसियाका लागि अनवर रहमानले २ र फित्रि समले एक विकेट लिए ।

यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोड्यो । मलेसियाका लागि भिरनदीप सिंहले ५७ रनको अर्धशतकिय पारी खेले । यस्तै कप्तान अहमेद फेजले ४५ रन बनाए । फित्रि सामले १२ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । मलेसियाका पाँच जना व्याट्सम्यान खाता नखोल्दै आउट भए ।

नेपालका लागि करन केसीले ३, सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२, सोमपाल कामीले एक विकेट लिए । करन केसीले २० औं ओभरमा ३ विकेट लिएका हुन् ।

नेपालले दोस्रो खेल भोलि सोही मैदानमा खेल्नेछ । सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकपको एशिया क्षेत्रीय फाइनल छनौटको लागि नेपाली टोली मलेसिया पुगेको हो ।

केहीदिन अघिदेखि प्रशिक्षणरत नेपाली टोलीले सिरिज पछि सिंगापुर प्रस्थान गर्नेछ । विश्वकप एशिया छनौट प्रतियोगिता जुलाइ २२ तारिखदेखी हुँदैछ ।

एकदिवसीय मान्यता प्राप्त नेपालले आज मलेसियासंग पहिलो पटक टि–ट्वान्टी सिरिज खेलिरहेको हो । आफू भन्दा कम टि–ट्वान्टी बरियातामा रहेको मलेसियासंग नेपालले विश्वकप छनौटको तयारीको रुपमा यो सिरिजलाई लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>