चितवन विशेष

अपडेटः खतराको संकेत नाघेको राप्तीको बहाब बढ्दो क्रममा

Banner

चितवन, असार २७–

खतराको संकेत नाघेको राप्ती नदीका पानीको बहाब अझै बढ्ने क्रममा रहेको छ ।

लगातार परिरहेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले दिउँसो खतराको सूचक नाघेको थियो । राप्ती नदीको खतरा सूचांक ४ मिटर हो । साँझ ६ बजेसम्ममा पानीको बहाब बढेर ४ मिटर ५० सेन्टिमिटर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले नारायणी अनलाईनलाई जानकारी दिए ।

यसअघि दिउँसो ४ बजेको समयमा पानीको बहाब ४ मिटर ३० सेन्टिमिटर रहेको थियो । राप्ती नदीमा ४ मिटर भन्दा कमलाई सामान्य मानिन्छ । उनले निरन्तर पानी परिरहेकाले पानीको बहाब बढ्दो क्रममा रहेको बताए । खतराको संकेत भन्दा बढी पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन् ।

राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ । दुई वर्ष अघि राप्तीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहालगायत पूर्वी चितवनको धेरै स्थान डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>