चितवन विशेष
सगरमाथा टेलरिङ्गद्धारा विपन्न विद्यार्थीलाई पोशाक वितरण
चितवन, असार २७–
नारायणगढमा रहेको सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गले श्री रामपुर मावि रामपुर चितवनमा अध्यनरत बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । संस्थाले विपन्न परिवारको २५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।
सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गका प्रोपाइटर हरि पुडासैनीले विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाको समस्यालाई ध्यानमा राखेर विद्यालय पोशाक सहयोग गरिएको बताए । उनले भने–‘आफू पढेको विद्यालयमा पहिल्यै देखि सहयोग गर्ने सोच थियो, विद्यार्थीको अवस्था दयनिय देखेरै पोशाक सहयोग गरेको हुँ ।’
उनले विगत ३ वर्षदेखि स्कुलमा विपन्न परिवारका छात्रछात्रालाई सगरमाथा टेलरिङ्ग एण्ड सर्टिंङ्ग सुटिङ्गले पोशाक वितरण गर्दै आइरहेको र आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्ने पुडासैनीले प्रतिवद्धता जनाए ।
श्री रामपुर मावि रामपुर चितवनका प्रधानाध्यापक शिव हरि पण्डितले विद्यालयलाई सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।