चितवन विशेष

राप्ती नदीले खतराको सूचक नाघ्यो, सौराहासहित पूर्वी चितवन जोखिममा

Banner

चितवन, असार २७–

चितवन भएर बग्ने राप्ती नदीले खतराको सूचक नाघेको छ । लगातार परिरहेको वर्षाले चितवन भएर बग्ने राप्ती नदीको बहाबले खतराको सूचक नाघेको हो । राप्ती नदीको खतरा सूचांक ४ मिटर भन्दा बढि अहिले पानीको बहाब पुगेको छ ।

राप्ती नदीमा ४ मिटर भन्दा कमलाई सामान्य मानिन्छ । तर ४ मिटर पुग्ने बित्तिकै खतराको सूचांकको रुपमा लिइन्छ । अहिले भने राप्ती नदीको बहाब ४ मिटर ३० सेन्टिमिटर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले नारायणी अनलाईनलाई जानकारी दिए । उनले निरन्तर पानी परिरहेकाले पानीको बहाब बढ्दो क्रममा रहेको बताए । खतराको संकेत भन्दा बढि पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन् ।

राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ । दुई वर्ष अघि राप्तीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहालगायत पूर्वी चितवनको धेरै स्थान डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>