क्रिकेट

नेपालले मलेसियासंग भोलि पहिलो टि–ट्वान्टी सिरिज खेल्दै

Banner

काठमाडौं, असार २७–

एकदिवसीय मान्यता प्राप्त नेपालले भोलि (शनिबार) मलेसियासंग पहिलो पटक टि–ट्वान्टी सिरिज खेल्दैछ । आफू भन्दा कम टि–ट्वान्टी बरियातामा रहेको मलेसियासंग नेपालले विश्वकप छनौटको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

सिरिजको पहिलो खेलमा भोलि नेपाली समय अनुसार विहान ७ः४५ बजेदेखी किनरारा ओभल क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपालले दोस्रो खेल लगत्तै अर्को दिन सोही मैदानमा खेल्नेछ । सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकपको एशिया क्षेत्रीय फाइनल छनौटको लागि नेपाली टोली मलेसिया पुगेको हो ।

केहीदिन अघिदेखि प्रशिक्षणरत नेपाली टोलीले सिरिज पछि सिंगापुर प्रस्थान गर्नेछ । विश्वकप एशिया छनौट प्रतियोगिता जुलाइ २२ तारिखदेखी हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>