चितवन विशेष

चितवन र नवलपरासीमा आज भारी वर्षा,नारायणीमा पानिको बहाब बढ्दो

Banner

चितवन,असार २७-

देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ । चितवन र नवलपरासी क्षेत्रमा दिनभर पानी पर्ने महाशाखाले जनाएको छ । नाराययाणी नदिमा पानिको बहाब बढ्दो अवस्थामा रहेकाले सचेत हुन समेत आग्रह गरिएको छ ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताउनुभयो । उहाँका अनुसार शुक्रबार देशैभर बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>