चितवन विशेष

विप्लव समूहकी सोलुखुम्बु सेक्रेटरी शिवा खड्का चितवनमा पक्राउ

Banner

चितवन, असार २६–

चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ ।

चितवनमा लुकिछिपि बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज (बिहीबार) पक्राउ गरेको हो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं.२ खाल्पा माईती घर भएकी खड्का २०७१ साल मंसीर ८ गतेदेखी नै विप्लव समूह गठन भए देखि नै सो पार्टीमा आवद्ध थिइन् । उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी व्युरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्कासंग थप अनुसन्धा भईरहेको चितवन प्रहरीका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । उनले चितवनमा हुने अराजक गतिविधि नियन्त्रण तथा संलग्न विप्लव कार्यकर्ताहरुको खोजतलास कार्यलाई तिव्र पारिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>