चितवन विशेष

चितवनमा फेरी रंगशाला निर्माणको वातावरण बन्योः मेयर रेनु दाहाल

Banner

चितवन,असार २५-

भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुनः काममा फर्कन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आज महानगरले पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी धुर्मुस–सुन्तली फाउन्डेसनलाई पुनः काममा फर्कन आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले रंगशाला निर्माणको लागि सम्पूर्ण वातावरण तयार भएकाले पूर्वयोजना अनुसार नै निर्माणको काम सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गनुभयो ।

रंगशालाको निर्माण स्थलमा सुरक्षाको वातावरणदेखि आर्थिक संकलनसम्मको अभियान तीव्र भएको हुनाले पुन काममा फर्कन फाउन्डेसनलाई महानगर प्रमुख दाहालले आग्रह गर्नुभएको थियो । समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरिएको हो । डल्लाकोटी र दाहालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, नीजि क्षेत्रका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु, क्रियाशील व्यक्तित्वहरु र आम चितवन तथा देशभरका जनसमुदायहरुको उत्साह पूर्वक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइन्छ ।

निर्माण कार्यलाई अगाडि बढाउन चितवन जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, गैरसरकारी संघसंस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रमुखहरु, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वहरुको सक्रिय सहभागिता हुनेगरी ५००१ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने, निर्माण कार्यको लागि घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १५ मा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने गरी भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच समझदारी भई संयुक्त रुपमा घोषणा सभा सम्पन्न भएको व्यहोरा सर्वविदितै छ । उक्त २० विगाह जग्गाको महानगरपालिकाले सोध भर्ना गर्ने गरी भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच त्रिपक्षीय समझदारी गरी धुर्मुस सुन्तली फाउण्डेसनलाई उपलब्ध गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>