चितवन विशेष

रंगशाला निर्माणको काम सुचारु गर्न फाउण्डेशनलाई पुनः आह्वान

Banner

चितवन, असार २४–

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवनले रंगशाला निर्माणको काम सुचारु गर्न धुर्मुस–सुन्तली फाउण्डेशनलाई आग्रह गरेको छ ।

समितिले मंगलबार विज्ञप्ति जारी गर्दै रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न फाउण्डेशनलाई आह्वान गरेको हो । समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा सबै वातावरण राम्रो रहेको भन्दै कामलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,–‘निर्माण कार्यको वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख, नीजि क्षेत्रका प्रमुख, सामाजिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियान्ता, क्रियाशील व्यक्तित्व र सबै देशवासी जनसमुदाय उत्साह पूर्वक सहयोग गर्न तयार रहेको रहेको छ ।’

रंगशाला निर्माणलाई अगाडि बढाउन समितिले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पाँच हजार एक सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने निर्णय गरेको छ ।

साथै समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने गरेको छ ।

चितवनको रामपुरमा रंगशाला निर्माण घोषणा गरिसंगै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । तर ती रकमहरु अझै उठ्न नसकेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले भन्दै आएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै समितिले घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गरेको छ भने चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>