देश/प्रदेश
अबको तीन वर्षमा सबै नेपालीको घरमा बिजुली: उर्जामन्त्री पुन

काठमाडौँ, असार २३-
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षमा सबै नेपालीको घरमा बिजुली पु¥याउने बताएका छन् ।
अहिले अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट अबको तीन वर्षमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन हुन्छ,’ सोमबार राष्ट्रियसभामा विनियोजन विधेयक–२०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफमा मन्त्री पुनले भने ।
देशमा छरिएर रहेका पैसालाई एकीकृत गरी विद्युतीय आयोजना निर्माण गर्न सकिने कुरा त्रिशूली ‘ए’ तेस्रोले पुष्टि गरेको उनको भनाइ छ । उनले मुलुकको हितमा केन्द्रित रहेर विद्युत् आयोजना अघि बढाइने बताए । उनका अनुसार सरकारले ऊर्जाको माध्यमबाट उद्योग क्षेत्रको विकासका लागि प्रयास गरिरहेको छ ।
सुनकोसी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको उनले जानकारी गराए । ‘पछिल्लो अध्ययनले मुलुकमा २३ हजारको संख्यामा नदी, नाला, खोला र खोल्सा रहेको देखाएको छ,’ उनले भने, ‘चुरे संरक्षण, नदी नियन्त्रण र तटबन्धका कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’