चितवन विशेष
माडीको बैकुण्ठे तालमा बेपत्ता त्रिपाठी मृत फेला
०

सुवास लामिछाने
माडी, असार २२-
बैकुण्ठ तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अभिनव त्रिपाठीको मुत्यु भएको पुष्टि भएको छ ।
माडी नगरपालिका–८ बैकुण्ठे तालमा बेपत्ता भएका त्रिपाठीका उद्धारको लागि शनिबारदेखि नै प्रयास भएको भए पनि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले आज त्रिपाठीको शव फेला पारेको हो । भरतपुर महानगरपालिका वडा नं ७ बुद्धचोक निवासी वर्ष १९ का त्रिपाठीको शव तालको छहरा नजिकै हिलोले पुरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । उनको शव पोष्टमार्टम र अन्तिम संस्कारका लागि भरतपुर लगिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>