चितवन विशेष

चितवनमा गृहमन्त्री थापाले भने–विप्लव समूहलाई योजनावद्ध रुपमा कारवाही गर्छौं

Banner

चितवन, असार २२–

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई योजनावद्ध रुपमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहबाट सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउन काम हुन थालेको भन्दै योजनावद्ध रुपमा कारवाही गर्ने चेतावनी दिए । उनले भने–‘राज्य पूर्नसंरचनाको अवस्थामा विभिन्न अपराधिक, विखण्डनकारी तथा वर्तमान राज्यप्रणाली प्रति असन्तोष व्यक्ति तथा समूहहरुले सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउन सक्ने संभावना रहेको छ ।’

गृहमन्त्री थापाले विप्लव समूहप्रति संकेत गर्दै यस्ता समूहलाई निस्तेज पार्नका लागि प्रहरी संयन्त्रले सुक्ष्म विश्लेषण गरी योजनावद्ध रुपमा कारवाही गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

गृहमन्त्री थापाले इमान्दारितापूर्वक राष्ट्रका लागि प्रहरीले बगाएको पसिनाको कहिल्यै अवमूल्यन हुन नदिने भन्दै सबैलाई एकवद्ध भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>