क्रिकेट

एसीसी पूर्वी क्षेत्रीय क्रिकेटः चीनले दियो नेपालसामु ५४ रनको लक्ष्य

Banner

काठमाडौं, असार १८–

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगित अन्तरगत चीनले नेपालसामु ५४ रनको लक्ष्य पेश गरेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको चीन ५३ रनमा अलआउट भयो । चीनका लागि ओपनर व्याट्सम्यानद्धय गुहो गउ र लियाङ चेनले समान १३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए भने तिलकराज भण्डारीले ३ र कमल सिंह ऐरीले एक विकेट लिए ।

डिफेन्डिङ च्याम्पियन नेपालले चीनमाथि जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवा टिमले चीनमाथि सहजै जित निकाल्ने अपेक्षा गरिएको छ । चीनविरुद्धको खेलमा विशाल विक्रम केसी, रसिद खान र कुशल मल्ललाई विश्राम दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>