खेलकुद
कोपा अमेरिकाः ब्राजिलद्धारा अर्जेन्टिना पराजित, ब्राजिल फाइनलमा

काठमाडौं, असार १८–
अर्जेन्टिनालाई हराउँदै घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) बिहान भएको खेलमा चिरपरिचत प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जेसस र रोबर्टो फिरमिनोले एक–एक गोल गरेका थिए ।
खेलको १९औं मिनेटमा ब्राजिलका गागिाब्रिएल जेससले गोल गरी ब्राजिललाई अग्रता दिलाएका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।
लियोनल मेस्सी प्रेरित अर्जेन्टिना ब्राजिलमाथि कुनै पनि बेला हावी देखिएन् । जारी प्रतियोगितामा मेस्सीले कुनै पनि गोल गर्न नसक्दा अर्जेन्टिना सेमिफाइनलबाटै आउट भयो ।
७१औं मिनेटमा रोबर्टो फिरिमिनोले गोल गर्दै ब्राजिललाई २–० ले अग्रता दिलाएपछि अर्जेन्टिना हार व्यहोर्न बाध्य भएको हो । फाइनलमा ब्राजिलले चिली र पेरुबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।