क्रिकेट
एसीसी पूर्वी क्षेत्रीय क्रिकेटः चीनविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै
०

काठमाडौं, असार १८–
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगित अन्तरगत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले चीनलाई सस्तैमा समेट्दै जित हासिल गर्ने दाउँमा छ ।
डिफेन्डिङ च्याम्पियन नेपालले चीनमाथि जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली युवा टिमले चीनमाथि सहजै जित निकाल्ने अपेक्षा गरिएको छ । सिंगापुरविरुद्ध चीन २८ रनले समेटिएकाले पनि नेपालले चीनलाई सहज आंकलन गरेको छ ।
चीनविरुद्धको खेलमा विशाल विक्रम केसी, रसिद खान र कुशल मल्ललाई विश्राम दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>