क्रिकेट
विश्वकप क्रिकेटः आज भारत र बंगलादेश भिड्दै

काठमाडौं, असार १७–
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज (मंगलबार) भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। बर्मिङघमको एजबास्टोन रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
पछिल्लो खेलमा इंग्ल्याण्डसँग पराजित भएको भारतले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । जारी विश्वकपमा पहिलो हार इंग्ल्याण्डसँग व्यहोरेको हो ।
यता बंगलादेश भने इतिहासमै पहिलोपल्ट एकदिवशीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन लिग चरणका दुवै खेल जित्न प्रयासरत रहेको छ ।
भारतपछि लिगको अन्तिम खेलमा उसले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनलमा पुग्न बंगलादेशले दुवै खेल जितेर मात्र हुँदैन न्यूजिल्याण्डले पनि लिग चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डलाई हराउनुपर्नेछ ।
विश्वकपमा बंगलादेशले भारतलाई अहिलेसम्म एक पटक हराएको छ । २००७ मा बंगलादेशसँग पराजित भएसँगै भारत समूह चरणाबाटै बाहिरिएको थियो । भारत र बंगालदेश अहिलेसम्म ३ पटक विश्वकपमा प्रतिस्पर्धा गरेका छन् । जसमा २ पटक भारत विजयी भएको छ भने बंगलादेश १ पटक विजयी भएको छ ।