समाचार
एसईईमा ‘ए प्लस’ नआएको भन्दै एक किशोरीले गरिन् आत्महत्या
०

काठमाडौं,असार १५-
काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको जानकारी दिए । बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>